आइतबार, भदौ ७, २०८३

वीरगन्जमा जेठ ५ गतेसम्म निषेधाज्ञा, सेना परिचालन

कोरोना भाइरसको जोखिम बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

कोरोना भाइरसको जोखिम बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार आजै बेलुका ८ बजेदेखि जेठ ५ गते राति बजेसम्म निषेधाज्ञा लागू हुनेछ।

उक्त अवधिमा औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन पाउनेछैनन् ।

शान्तिसुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द रहनेछन्।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई अन्य जिल्लाबाट जिल्लामा हुने मानिसहरुको आवातजावत समेत जेठ ५ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय प्रशासनले गरेको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई बल प्रयोग गरी कारवाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गर्ने भएको छ।

प्रकाशित: May 12, 2020| 19:59 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।