आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा घाँटी छिनालेर हत्या, टाउको नै छैन घटनास्थलमा

मध्यरातमा घाँटी छिनालेर हत्या, टाउको नै छैन घटनास्थलमा

प्रहरीका अनुसार घटनास्थलमा टाउको काटिएको अवस्थामा शरिर मात्रै छ भने हतियार पनि फेला परेको छैन् ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

सिरहा- सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको घाँटी रेटेर हत्या भएको छ ।

लहान नगरपालिका १७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिद मियाँको सोमबार राति १० बजे तिर हत्या भएको प्रहरीले जनाएको छ ।

मियाँको घाँटी नै छिनालेर हत्या भएको र घटनास्थलमा टाउको नभेटिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा टाउको काटिएको अवस्थामा शरिर मात्रै छ भने हतियार पनि फेला परेको छैन् । मियाँको शव स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै आज (मंगलबार) बिहान प्रहरीले फेला परेको हो ।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने तयारी भएको छ । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित: May 12, 2020| 10:40 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।