आइतबार, भदौ ७, २०८३

प्रहरी जवान चौकी नजिकै मृत फेला

सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

सुर्खेत- सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् ।

सिम्ता गाउँपालिकाको बाँदेपिपल प्रहरी चौकी आग्रीगाउँमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार विहान मृत अवस्थामा भेटिएका हुन्।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले प्रहरी चौकीको ५ सय मिटरको दुरीभित्र नजिकै कञ्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका जानकारी दिए ।

‘हिजो रात ९ बजेदेखि हतियारसहित सम्पर्क बिहीन भएको बुझियो’ सूचनाअधिकारी तिमिल्सेनाले भने ‘खोजतलास गर्दै जाँदा ऐसेलुको झाडीमा कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।’

घटनाबारे अनुसन्धान अधिकृत भरत शाह नेतृत्वको प्रहरी टोली अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 12, 2020| 10:45 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।