आइतबार, भदौ ७, २०८३

सप्तरीका कोरोना संक्रमित चितवनबाट फर्किएका थिए 

कोरोना भाइरस संक्रमित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ बस्ने १८ वर्षीय युवक तीन साताअघि चितवनबाट फर्किएका थिए।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

जनकपुरधाम- कोरोना भाइरस संक्रमित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ बस्ने १८ वर्षीय युवक तीन साताअघि चितवनबाट फर्किएका थिए।
चितवनमा मजदुरी गर्दै आएका उनी केही  दिन घरमा बसेका थिए। घर बसेको दुईचार दिनपछि उनलाई क्वारेन्टिनमा राखिएको थियो।

वैशाख २५ गते जिल्ला स्वास्थ्य कार्यालयको टोलीले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनी कोरोना संक्रमित रहेको सोमबार पुष्टि गरेको छ।

कोरोना संक्रमित देखिएको सप्तरीमा यो पहिलो घटना हो। यसअघि आरडीटी परीक्षणमा दुईजनाको पोजिटिभ देखिए पनि स्वाब परीक्षणपछि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो।

प्रकाशित: May 11, 2020| 14:51 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।