आइतबार, भदौ ७, २०८३

महोत्तरीमा दिनदहाडै एकजनाको हत्या

महोत्तरीको गौशाला नगरपालिका–४ रामनगर बस्ने ४३ वर्षीय दीलिप ठाकुरको आइतबार हत्या भएको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

जनकपुरधाम- महोत्तरीको गौशाला नगरपालिका–४ रामनगर बस्ने ४३ वर्षीय दीलिप ठाकुरको आइतबार हत्या भएको छ ।

हत्या गरिएको अवस्थामा दीलिपको शव गाउँ नजिकैको केराबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

बिहान १० बजे आफ्नो घरबाट छिमेकी गाउँमा आफन्तको घर गएका उनी मृतअवस्थामा फेला परेका हुन्।

दीलिपको टाउकोमा गम्भीर चोट देखिएको र नजिकै चिरपटसमेत बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताए ।

‘मृतकको टाउकोमा चोट देखिएको छ, रगत बगेको छ,’ अधिकारीले भने,‘काठले टाउकोमा हिर्काएको देखिएको छ, घटनास्थलबाट रगत लागेको काठपनि बरामद भएको छ ।’

शवको प्रकृतिदेखेर उनको हत्या भएको हुनसक्ने एसपी अधिकारीले बताए।

मजदुरी काम गर्ने दीलिपका हत्या कसले किन गरेको खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।

प्रकाशित: May 10, 2020| 20:20 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।