मंगलबार, जेठ ५, २०८३

एसईई आवश्यक छैन : डा भट्टराई

 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडाैं- कुनै बेलाका प्रवेशिका परीक्षामा बोर्ड टप भएका डा. बाबुराम भट्टराईले कक्षा १० काे अन्तिममा लिइँदै आएकाे एसईई आवश्यक नरहेको बताएका छन्।

National life

उनले माध्यमिक तहको अन्तिम परीक्षा कक्षा १२ कायम गरिएको र परीक्षाको नतिजा पनि ग्रेडमा गर्न थालिएकाले अब एसईई आवश्यक नरहेको बताएका हुन्।

भट्टराईले  लकडाउनका कारण घरमा अन्योलमा रहेका बालबालिकालाई 'अब एसईई हुँदैन, विद्यालयले हेरेर अंक दिन्छ। तिमीहरु माथिल्लो कक्षाका लागि तयारी गर' भन्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई २०२६ सालमा गोरखाको अमरज्योति माविबाट एसएलसी बोर्ड टप भएका थिए।

उनले शुक्रबार संसद् बैठकमा सम्बाेधन गर्दै लकडाउनका कारण खाली बस्नुपर्दा बालबालिका मनोरोगी हुने सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे। उनले केही स्कुलले अनलाइनमा पढाए पनि विपन्न र प्रविधिको पहुँच नभएका बालबालिका अझै अन्योलमा रहेकाले उनीहरुलाई अभिमुखीकरण हुने खालका कार्यक्रम ल्याउन सरकारसँग माग गरे।

 

प्रकाशित: May 09, 2020| 15:05 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्