शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली भूमि अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : प्रवक्ता श्रेष्ठ

नेपाली भूमि अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाई उद्घाटन गर्ने भारत सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

काठमाडौं- सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाई उद्घाटन गर्ने भारत सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ। उक्त सडक भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत शुक्रबार उद्घाटन गरेका थिए।

प्रवक्ता श्रेष्ठले शनिबार ट्विट गर्दै भनेका छन्, 'भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।' उनले हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुध्द कडा कदम चलन सरकारसँग माग गरेका छन्।

लिपुलेक क्षेत्रलाई केही समयअघि भारतले आफ्नो नक्सामा समावेश गरेर सार्वजनिक गरेको थियो। नेपालमा जनस्तरबाट त्यसको कडा विरोध भए पनि कूटनीतिक तहबाट भने समस्या समाधानका लागि कुनै पहल नभएको बताइन्छ।

सडक नै उद्घाटन गरेपछि सत्तारुढ पार्टीका प्रभावशाली नेता एवम् पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत विरोध गर्दै अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

याे पनि पढ्नुस् :

भारतले खाेल्याे धार्चुला-लिपुलेक सडक

प्रकाशित: May 09, 2020| 10:35 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।