मंगलबार, असार ३०, २०८३

नेपाल भर्सेस सिंगापुर : मैदान ओसिलो भएपछि टस हुन सकेन

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुन लागेको नेपाल र सिंगापुरबीचको खेलमा टस नै हुन सकेको छैन।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुन लागेको नेपाल र सिंगापुरबीचको खेलमा टस नै हुन सकेको छैन।

बिहान ८ः१५ बजे खेल सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो भएपछि टस हुन नसकेको हो ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा दुवै टिमले आ–आफ्नो अन्तिम खेल खेल्न लागेका हुन्।

नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई चुनौती छ।
यता सिंगापुर पनि अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहने दाउमा छ।

प्रतियोगिताबाट सिंगापुर शीर्ष दुईमा रहँदै एसिया कप क्रिकेटका लागि छनोट हुँदा नेपाल भने बाहिरिसकेको छ।

प्रकाशित: Mar 06, 2020| 04:38 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।