मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डोको दोस्रो डेब्युमा ‘डबल’ गोल, ४-१ ले न्यु क्यासल पराजित

रोनाल्डोको दोस्रो डेब्युमा ‘डबल’ गोल, ४-१ ले न्यु क्यासल पराजित

न्यु क्यासलविरुद्ध पहिलो हाफमा ७० प्रतिशत र खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको युनाइटेडले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता बनाएको थियो।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएको खेलमा युनाइटेडले सानदार जित निकालेको छ।

न्यु क्यासलविरुद्ध पहिलो हाफमा ७० प्रतिशत र खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको युनाइटेडले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता बनाएको थियो।

१२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले आफ्नो पहिलो खेलमा नै गोल गरेर युनाइटेडलाई अग्रता दिलाए। विंगर मेसन ग्रिनवुडले प्रहार गरेको बल न्युक्यासलका गोलकिपर फ्रेडी वु्ड्मेनले नियन्त्रण गर्न नसकेपछि फर्किएको बललाई रोनाल्डोले पोस्टनजिकैबाट प्रहार गर्दै जाली चुमाए।

यससँगै ओल्ड ट्राफोर्डमा उपस्थित ७० हजार समर्थले रोनाल्डोको दोस्रो डेब्यु र डेब्यु गोलको मज्जा लिन पाएका थिए।

'४–२–३–१' को फर्मेसनमा रहेको ओले गनर सोल्सायरको टिले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। पहिलो हाफमै न्युक्यासलको पोस्टतर्फ १५ प्रहार गरको युनाइटेडले दोस्रो हाफमा थप छ प्रहार गर्यो। र, दोस्रो हाफमा रोनाल्डो, ब्रुनो फर्नान्डेस र जेस लिंगार्डले १–१ गोल गरे।

आजको खेलको पहिलो रोजाइमा रोनाल्डोसँगै मेसन ग्रिनवुड, जार्डन साञ्चो र ब्रुनो फर्नान्डस पनि टिमको अग्रपंतिमा थिए। दोस्रो हाफको युनाइटेको खेल थप आक्रामक बन्यो। ती खेलाडीबीच खेल अवधिभर पाहुना टिमले युनाइटेडको पोस्टनजिक निकै कमजोर प्रदर्शन गर्‍यो।

यद्यपि, खेलको ५६औं मिनेटमै न्यु क्यासलका जेभियर माबिल्लियोले गोल गरेपछि खेल एकपटक १–१ गोलको बराबरीमा आएको थियो। तर त्यो बराबरी चिर्दै रोनाल्डोले नै खेलको ६२ औं मिनेटमा गोल गरे।

रोनाल्डोको दोस्रो गोलसँगै युनाइटेडले पुनः अग्रता बनायो। यता खेलको ८०औं मिनेटमा पाउल पोग्बाले दिएको पासको सदुपयोग गर्दै फर्नान्डेसले युनाइटेडका लागि गोल थपे।

३–१ गोलले अघि रहेको अवस्थामा जेस लिंगार्डले अर्को गोल गरे। जार्डन साञ्चोलाई ६६ औं मिनेटमा विस्थापन गर्दै मैदान छिरेका लिंगार्डले पोग्बाकै पासबाट इन्ज्युरी समयमा आकर्षक गोल गरे।

यससँगै ४–१ गोलको जित निकालेको युनाइटेडले चार खेलबाट १० अंक बनाउँदै ईपीएलको शीर्षस्थानमा छ। पराजित न्यु क्यासल भने एक अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।

रोनाल्डो २००९ मा युनाइटेड छोडेपछि १२ वर्षपछि इंग्ल्यान्ड फर्किएका हुन्। पोर्चुगिज फरवार्ड रोनाल्डोले २००३ देखि २००६ सम्म युनाइटेडबाट खेलेका थिए।

उनले युनाइटेडबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन्। युनाइटेडले घरेलु मैदानमा न्युक्यासलविरुद्धको ३७ खेलमध्ये एकमात्रे खेलमा हार बेहोरेको छ।

प्रकाशित: Sep 11, 2021| 22:06 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।