आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको मोडल परिवर्तन हुँदै, यी क्षेत्र पूरै खुल्नेछन्

लकडाउनको मोडल परिवर्तन हुँदै, यी क्षेत्र पूरै खुल्नेछन्

गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल केही परिवर्तन गर्न लागेको बुझिएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल केही परिवर्तन गर्न लागेको बुझिएको छ।

कोरोना भाइरसको जोखिमका हिसाबले देशलाई तीन भाग (हरियो, पहेंलो र रातो) मा विभाजन गरेर त्यसैअनुसार विभिन्न क्षेत्र खोल्ने वा बन्द गर्ने तय हुनेछ।

मेडिकल, राहत, ई–कमर्स, डिपार्टमेन्ट स्टोर, बैंक तथा वित्तीय क्षेत्र, कृषि क्षेत्र, कुरियर तथा हुलाक, सामान ढुवानी, सहरी उद्योग व्यवसाय, सहरी निर्माणाधीन स्थल, निर्माण सामग्री, अटो सर्भिसिङ, मर्मत र पार्टस्, इलेक्ट्रिक व्यवसाय, स्टेशनरी, कम्प्युटर तथा मोबाइल पसल पूरै खुल्नेछन्।

सरकारी तथा निजी कार्यालय रातो क्षेत्रमा ३३ प्रतिशत र हरियो र पहेंलो क्षेत्रमा पूरै खोल्ने गरी कार्ययोजना बनेको छ।

रातो, पहेंलो र हरियो तीनवटै क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सम्पूर्ण आवतजावत बन्द गर्ने, १० वर्षभन्दा कम र ६५ वर्षभन्दा माथिका नागरिकको आवतजावत पूरै समय बन्द गर्ने, मन्दिर, मस्जिद, चर्च बन्द गर्ने, हवाई तथा केवलकार बन्द गर्ने कार्ययोजना सरकारको छ।

शिक्षा क्षेत्र, होटल, सिनेमा, मल, रेष्टुरेन्ट, जिम हल, खेलकुद स्थल आदि पूरै बन्द रहनेछन्। अन्तर प्रदेश यातायात पनि बन्द नै रहनेछ। सार्वजनिक यातायात पूरै बन्द रहनेछ भने निजी सवारी चलाउन पाउने क्षेत्र र यात्रु क्षमता तोकिनेछ।

अन्य क्षेत्र आंशिकमात्र खोल्ने तयारी सरकारको छ।

प्रस्तावित कार्ययोजनामा थप छलफल गरेर मंगलबार मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ।

लकडाउनको प्रस्तावित कार्ययोजना

प्रकाशित: May 04, 2020| 08:05 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।