शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चिलगाडी नउडेपछि पैदलै गाउँ फर्किए साढे तीन सय हुम्ली

चिलगाडी नउडेपछि पैदलै गाउँ फर्किए साढे तीन सय हुम्ली

तीन दिन अघिमात्रै सुर्खेतबाट हुम्ला हिडेका ३५३ जना जुम्लाको कोठिज्यूला हुँदै गाउँतर्फ लागिसकेका छन्।
 |  बिहीबार, वैशाख १८, २०७७

देव राना

देव राना

बिहीबार, वैशाख १८, २०७७

सुर्खेत- राष्ट्रिय सडक सञ्जालले नछोएको एकमात्र जिल्ला हुम्लामा भौगोलिक विकटता र अभाव त छँदैछ, सधैँ राज्यबाट समेत तिरस्कृत छ।

National life

चरम अभावकाबीच हिउँसँग जुध्दै बाँच्नुपर्ने उनीहरुमध्ये अधिकांश हिउँद लागेपछि नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका सहरमा झर्छन् । र, गर्मी आउँदै गर्दा गाउँ फर्कन्छन्। उच्च हिमाली भेगमा बस्नेहरुको यो नियमित तालिका नै हो ।

तर यसपालि भने विश्वलाई आतंकित पारिरहेको कोरोना भाइरसले उनीहरु नराम्रोसँग पिरोलिएका छन् । कोरोनाको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि उनीहरु मध्य वैशाखसम्म पनि घर फर्कन पाएका छैनन्।

लकडाउनका कारण हुम्ला पुग्ने यातायातको एकमात्रै साधन चिलगाडी (हवाइ जहाज) नउडेपछि उनीहरु सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगायतका शहरमा अलपत्र परेका छन् । केही भने खेतबारी बाँझै हुनेभयो भन्ने पिरलोले पैदल हिंडेरै गाउँ फर्किन थालेका छन् ।

‘ठाउँठाउँमा बाटो अबरुद्ध थियो, होटेलहरु बन्द थिए, बल्लतल्ल सास जोगिएको छ,’ सुर्खेतबाट भोकभोकै गाउँ फर्किन लागेका चंखेली गाउँपालिका ४ का धीरबहादुर शाहीले जुम्ला पुगेपछि भने ।

Laxmi sunrise bank
kumari

तीन दिन अघिमात्रै सुर्खेतबाट हुम्ला हिडेका ३५३ जना जुम्लाको कोठिज्यूला हुँदै गाउँतर्फ लागिसकेका छन्। हुम्लाको चंखेली, अदानचुली, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका ३५३ जनालाई जुम्लाको गोठिज्युलाका स्थानीय युवाले खाना खुवाएर पठाएको जुम्लाका पत्रकार उपेन्द्र न्यौपानेले जानकारी दिए ।

जुम्लाबाट  अघि बढेका उनीहरुलाई मुगुमा स्थानीय पत्रकारले चाउचार र विष्कुट ख्वाएका छन् । नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष निपेन्द्र बहादुर मल्लले प्रतिव्यक्ति एक पोका चाउचाउ, एक पोका बिस्कुट र एक बोतल पानी सहयोग गरेको पत्रकार राजन रावलले जानकारी दिए ।

सुर्खेतबाट पैदल हुम्ला जाँदै गरेकालाई जुम्लाका युवाले खाना खुवाएर पठाएका छन् ।

डेढ लाख सहयोग

यस्तै नेपालगञ्जमा अपलत्र परेका करिव ८०० सयजना हुम्लाका विद्यार्थीको उद्दारमा सहयोग गर्न चंखेली– ५ का हुम्लाका धीरज तामाङले डेढलाख रुपैयाँ सहयोग गरेका छन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेमा कार्यरत ओभरसियर तामाङले बुटवल र काठमाडौंबाट नेपालगञ्ज पुगेका विद्यार्थीको खाना र बसभाडाका लागि डेढलाख रुपैयाँ सहयोग गरेको हुम्लाका अर्का पत्रकार नरजंग तामाङले जानकारी दिए ।

यसैबीच हुम्लाबाट प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले शुक्रबार र शनिबारका लागि हुम्लामा जहाज उडाउनको अनुमति पाइएको बताएका छन् । यिमध्ये एउटा उडान सुर्खेत र अर्को नेपालगञ्जबाट हुनेछ ।

प्रकाशित: Apr 30, 2020| 19:50 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।