आइतबार, मंसिर २८, २०८२

पैसाको लोभमा एक वर्षदेखि आमाको शव लुकाएको खुलासा

अस्ट्रियामा एक व्यक्तिले आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको पाइएको छ।
 |  शनिबार, भदौ २६, २०७८

बीबीसी

बीबीसी

शनिबार, भदौ २६, २०७८

काठमाडौं– अस्ट्रियामा एक व्यक्तिले आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको पाइएको छ। 

National life

उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुनमा भएको बताइएको छ। तर ६६ वर्षीय ती व्यक्तिले घरको भूमिगत कोठामा आमाको शवलाई लुकाएर राखेको त्यहाँको प्रहरीले जनाएको छ। उनले दुर्गन्ध नआओस् भनेर शवलाई कपडाको पट्टीले बेरी बरफले छोपेर राख्ने गरेका थिए। एक वर्ष अवधिमा ती व्यक्तिले आमाको पेन्सनबापत झन्डै ५० हजार युरो लिएका छन्। 

ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि उक्त शंकास्पद जालसाजीको घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ।

प्रहरी अधिकारी हेल्मुट गफ्लरका अनुसार ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गरिसकेका छन्।

गफ्लरले भने, ‘ती व्यक्तिको अन्य आम्दानीको स्रोत छैन र उनले आफूले आमाको मृत्युबारे अधिकारीहरूलाई जानकारी गराएको भए उनले पाउने गरेको सुविधाको रकम तत्काल बन्द हुने थियो।’ पैसा अभावमा आफूहरू बस्दै आएको घरसमेत जोगाउन नसक्ने ती व्यक्तिले बताएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 11, 2021| 09:31 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।