बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीयले प्रहरी कुटेपछि सीमामा म्यादी प्रहरी खटाइने

भारतीयले प्रहरी कुटेपछि सीमामा म्यादी प्रहरी खटाइने

सीमा क्षेत्रमा नेपाल प्रहरीका दुई कर्मचारी कुटिएपछि कपिलवस्तुको सीमा क्षेत्र सुरक्षाका लागि म्यादी प्रहरी खटाइने भएको छ ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

कपिलवस्तु- सीमा क्षेत्रमा नेपाल प्रहरीका दुई कर्मचारी कुटिएपछि कपिलवस्तुको सीमा क्षेत्र सुरक्षाका लागि म्यादी प्रहरी खटाइने भएको छ ।

प्रहरीलाई नटेको भन्दै स्थानीय युवा भर्ती गरेर उनीहरुलाई नै सीमा सुरक्षामा खटाउने निर्णय भएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

लकडाउनका बेलामा पनि नेपाल भारत सीमामा लुकिछिपी मान्छे ओहोर दोहोर गर्नेक्रम नरोकिएपछि म्यादी प्रहरी खटाउने निर्णय भएको उनले बताए ।

विजयनगर गाउँपालिकाले मंगलबार ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने निर्णय गरेको हो । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए ।

यसअघि सोमबार भारतीय नागरिकले कपिलवस्तुको नेपाल भारत सीमाक्षेत्रमा खटिएका दुई नेपाली सुरक्षाकर्मीमाथि कुटपिट गरेका थिए ।

प्रकाशित: Apr 29, 2020| 08:53 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।