बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक पर्यटकलाई प्रोत्साहन प्याकेज दिन चेम्बरको सुझाव

आन्तरिक पर्यटकलाई प्रोत्साहन प्याकेज दिन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कसर्मले कोरोना भाइरस प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटनतर्फ अघि बढाउन सुझाव दिएको छ।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं- नेपाल चेम्बर अफ कसर्मले कोरोना भाइरस प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटनतर्फ अघि बढाउन सुझाव दिएको छ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै वर्षको एकपटक निजामती तथा संगठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न सुझाव दिएको हो।

चीनमा कोरोनाको प्रकोप नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबरमा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउनेतर्फ सरकारीस्तरमै पहल गर्नुपर्ने चेम्बरको सुझाव छ।

नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सले चीनका विभिन्न सहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्राउनेतर्फ पहल गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ।

यस्तै अन्य मुलुकका हवाइ सेवाप्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायु सेवा निगमलाई सञ्चालन गर्नुपर्ने चेम्बरको भनाइ छ।

पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्ने, राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता दिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गको मर्मतसम्भार गर्नेतर्फ लाग्नुपर्ने चेम्बरको भनाइ छ।

प्रकाशित: Apr 27, 2020| 19:19 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्