शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा पीसीआर परीक्षण रोकियो, स्वाब संकलन गर्ने किट पनि अभाव

कर्णालीमा पीसीआर परीक्षण रोकियो, स्वाब संकलन गर्ने किट पनि अभाव

पीसीआर मेसिनबाट गरिने स्वाब परीक्षणले मात्रै कोरोना संक्रमित भए-नभएको यकिन हुन्छ। तर, कर्णाली प्रदेशमा भने नमुना परीक्षणमा खेलबाड भएको पाइएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, वैशाख १६, २०७७

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षणको प्रविधि हो, पीसीआर। पीसीआर मेसिनबाट गरिने स्वाब परीक्षणले मात्रै कोरोना संक्रमित भए-नभएको यकिन हुन्छ। तर, कर्णाली प्रदेशमा भने नमुना परीक्षणमा खेलबाड भएको पाइएको छ।

triton college

दुई दिनदेखि सुर्खेतमा पीसीआर परीक्षण रोकिएको छ । पहिले प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मीहरु पाँच दिनदेखि ठूलो क्षमताको पीसीआर मेसिन जडानमा जुटेका छन्। तर, पाँच दिनसम्म पनि मेसिन जडानको काम पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।

‘ठूलो मेसिन जडानमा जुटेका छौँ, सायद भोलि साँझबाट पीसीआर परीक्षण हुनसक्छ,’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले भने, ‘निर्देशनालयको प्रयोगशालाले ठूलो क्षमता धान्न सकेन, ठूलो मेसिनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशु अन्वेषण प्रयोगशाला राखेर जडान गरिरहेका छौँ ।'

प्रयोगशाला प्रदेश अस्पतालको आडमै भए पनि त्यहाँ ठूलो मेसिनलाई चाहिने स्रोतसाधनको अभाव भएको हुँदा मन्त्रालयको पशु अन्वेषण प्रयोगशालामा राखिएको हो । यसअघि पीसीआर मेसिन प्रदेश अस्पतालको आफ्नै भवनमा सञ्चालनमा ल्याइएको थियो ।

उसो त प्रयोगशाला कक्षमात्रै होइन त्यहाँ खटिने जनशक्ति पनि अभाव देखिएको छ । ठूलो क्षमताको मेसिन जडान गर्दा सानो पीसीआर मेसिन बन्द भएको घटनाले दक्ष जनशक्ति छैन भन्ने पुष्टि गर्छ । जनशक्ति अभावकै कारण मेसिनको क्षमता एकै पटक ९६ भएपनि ३०÷३५ वटा नमुना मात्रै परीक्षण गर्ने प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मीहरु बताउँछन्।

Metro Mart
vianet

यद्यपी कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले भने जनशक्ति अभाव हुन नदिने बताएको छ । ‘एकै पटक धेरै जनाको स्वाव संकलन गर्नुपर्ने अवस्था नभएका कारण थोरै जनशक्ति खटाएका छौँ,’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी भन्छिन्, ‘निर्देशनालयको सम्पूर्ण टिम स्वाव संकलनमा खटिएको छ, आवश्यक परेको खण्डमा प्रदेश अस्पतालको ल्यावमा कार्यरत जनशक्तिलाई खटाउन सकिन्छ, तर कर्मचारी अभाव हुन दिँदैनौँ ।’

ठूलो मेसिनका लागि निर्देशनालयको भवन प्रर्याप्त भए पनि मेसिन सञ्चालनका लागि आवश्यक स्रोतसाधन निर्देशनालयमा नहुँदा पशुको प्रयोगशाला प्रयोग गरेको उनको तर्क छ ।

कतिपयले स्वास्थ्यकर्मीले भने तत्कालिन प्रयोगशाला खारेज गरेपछि भौतिक संरचना र जनशक्ति व्यवस्थापन समस्या देखिएको बताउँछन् । प्रयोगशाला विज्ञहरुले प्रदेशस्तरीय प्रयोगशाला चाहिन्छ भनेपनि ओएनएम गर्दा पहिलेको प्रयोगशालालाई स्वास्थ्य निर्देशनालयमा गाभिएको छ ।

भीटीएम किट अभाव

कर्णालीमा ठूलो क्षमताको पीसीआर मेसिन आए पनि स्वाव संकलनका लागि प्रयोग हुने भीटीएम किट अभाव देखिएको छ । स्वाव संकलनका लागि सुर्खेत र जुम्लामा प्रर्याप्त भीटीएम किट छैन । यसअघि कर्णालीमा संघीय सरकारले एक हजार भीटीएम पठाएकोमा नौ सय २६ वटा स्वाव संकलन गरिसकेको छ ।

बाँकी ७४ र प्रदेश स्वास्थ्य निर्देशनालयसँग पहिले नै स्टक भएका किट गरी झण्डै डेढ सयमात्रै किट छ । जसमध्ये केही किट स्वाव संकलनका लागि जिल्लामा पुर्याइएका छन् भने बाँकी निर्देशनालयमै राखिएको छ । बाँकी किटमध्ये केही किट भने जुम्लाको प्रयोगशालाले माग गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेका किटहरु आउन केही समय लाग्ने भएका कारण त्यसबेलासम्म भीटीएम किट उपलब्ध गराइदिन निर्देशनालयलाई अनुरोध गरेको छ । भीटीएम किट बजारमै अभाव भएका कारण निर्देशनालयले खरिद गर्न सकेको छैन ।

‘निर्देशनालयसँग एक/डेढ सय किटमात्रै छ, ठूलो मेसिन सञ्चालनका लागि भीटीएम किट अभाव हुन्छ,’ निर्देशक भण्डारीले भनिन्, ‘खरिद गर्ने तयारी गरेका छौँ तर बजारमा पनि पाइएको छैन ।’

प्रकाशित: Apr 28, 2020| 06:51 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।