शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा पनि कोरोना परीक्षण, गाउँगाउँमा ‘मेडिकल मार्च’

जुम्लामा पनि कोरोना परीक्षण, गाउँगाउँमा ‘मेडिकल मार्च’

जुम्लाबाट पनि कोरोना भाइसरको नमूना परीक्षण हुने भएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)ले कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मेसिन ल्याएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७
nespernesper

देव राना

देव राना

शुक्रबार, वैशाख १२, २०७७

सुर्खेत – जुम्लाबाट पनि कोरोना भाइसरको नमूना परीक्षण हुने भएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)ले कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मेसिन ल्याएको छ। योसँगै कर्णालीमा अब तीन वटा मेसिनले कोरोनाको नमूना परीक्षण गर्नेछ। यसअघि कर्णाली प्रदेश प्रयोगशालाको पीसीआर मेसिनले नमूना परीक्षण गर्दै आएको थियो। उक्त पीसीआर मेसिनको क्षमना न्यून भएपछि ठूला क्षमताका थप दुईवटा पीसीआर मेसिन भित्र्याइएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले मेसिन खरिद गरेका हुन्।

triton college

प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन र प्रतिष्ठानले चीनबाट मेसिन खरिद गरेको हो। यद्यपि दुईवटै मेसिन भने आइतबारदेखि मात्रै सञ्चालनमा आउने छन्। ठूला क्षमताका दुईवटा ठूला मेसिन भित्रिएसँगै कोरोना नमूना परीक्षण गर्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ। तर, पोजेटिभ रिपोर्टको भेरिफिकेसन भने नेपालगञ्ज र काठमाडौं गरिनेछ।

ठूला मेसिन भित्रिएपछि कोरोनाको रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरु हौसिएका छन्। ‘आइतबारदेखि जुम्लामै कोरोना भाइरसको नमूना परीक्षण हुन्छ, अब साविक कर्णालीका जिल्लामा परीक्षणकोे जिम्मा हाम्रो भयो।’, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाका निर्देशक डाक्टर मंगल रावलले टेलिफोनमा भने, ‘प्रतिष्ठानसँग भौतिक पूर्वाधार र जनशक्तिको कमी छैन, पीसीआर मेसिनको कमी थियो, त्यो पनि आयो अब महामारीविरुद्ध हौसिएर काम गर्नुपर्छ।’

पर्याप्त जनशक्ति हुँदाहुँदै पनि कोरोना भाइसरको नमूना परीक्षण गर्न मेसिन नहुँदा नमूना परीक्षणका लागि सुर्खेत र काठमाडौं पठाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। ‘पश्चिम नेपालमा जुम्लामामात्रै आईसीयू विशेषज्ञ डाक्टर हुनुहुन्छ। कोरोनाको संक्रमणबाट जटिल विरामीको उपचार गर्ने भेन्टिलेटर र आईसीयू पर्याप्त छ’, डाक्टर रावलले भने, ‘३५ जना डाक्टरसहित गाउँगाउँमा मेडिकल मार्च गर्छौं। टोल–टोलमा डाक्टर नपुग्दासम्म कोरोनाको महामारीबाट बच्न सकिदैन।’

देवताले बचाउँछ भन्ने अन्धविश्वासमा बाँचेका कर्णालीवासीका लागि घरघरमा डाक्टर पुग्नुको विकल्प नभएको उनको तर्क छ। ‘अन्धविश्वासबाट हाम्रो समाज उम्कीन सकेको छैन। अधिकांस नागरिक देवता भाकल गर्दा रोग निको हुन्छ भन्ने भ्रममा छन्’, डाक्टर रावल भन्छन्, ‘घरदैलोमा डाक्टर पुग्न सकेमात्रै समाजलाई महामारीबाट बचाउन सकिन्छ।’

विदेशबाट आएका अधिकांस नागरिकले र्‍यापिड टेष्ट नै नगराएको भन्दै डाक्टर रावलले घरघरमा पुगेर प्रत्येक नागरिकको नमूना परीक्षण नगरेसम्म कर्णाली कोरोना महामारीबाट बच्न नसक्ने बताए। यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले पनि कर्णालीमा कोरोना संक्रमित भेटिएका क्षेत्रमा चिकित्सकको टोलीले मेडिकल मार्च गर्ने जनाए।

Metro Mart
vianet

यता, सुर्खेतमा ठूलो मेसिन भित्रिएपछि प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीहरु हौसिएका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पनि ठूलो मेसिन आएपछि काम गर्ने जाँगर थपिएको बताए। ‘सानो मेसिनमा पनि हामी २४ घण्टा खटिन्थ्यौँ तर उपलब्धी थोरै थियो’, आचार्यले भने, ‘अब एकै दिनमा ५० देखि ८० जनासम्मको स्वाब परीक्षण गर्न सक्छौं।’ यसअघि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतको प्रयोगशालामा सञ्चालनमा आएको पीसीआर मेसिनले २० दिनसम्म दुईसय सात जनाको मात्रै नमूना परीक्षण गरेको थियो। ‘२० दिनदेखि १२ जनाको टोली ल्यावमा खटिएका छौं तर मेसिन सानो हुँदा परिणाम धेरै दिन सकेनौं’, आचार्यले भने, ‘ठूलो क्षमताको मेसिन आयो अब धेरै परिणाम दिनेगरी काम गर्नुपर्छ।’

चैत २० गतेदेखि सञ्चालनमा आएको मेसिनले भार थेग्न नसक्दा केही नमूना परीक्षणका लागि धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। मेसिनको क्षमता न्यून भएकै कारण सुर्खेतको पीसीआर मेसिनले २० दिनको अवधिमा २ सय ७ वटामात्रै नमूना परीक्षण गर्नसक्यो।

कालिकोट र मुगुको नमूना परीक्षण जुम्लामै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा सञ्चालन हुने पीसीआर मेसिनमा जुम्लासहित कालिकोट र मुगुका नमूना परीक्षण हुने भएका छन्। ‘भौगोलिक सहजताका कारण जुम्ला प्रयोगशालाले जुम्लासहित कालिकोट र मुगु जिल्लाको नमूना परीक्षण गर्छ’, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारीले भनिन्, ‘हुम्ला, डोल्पा र बाँकी जिल्लाबाट संकलित नमूना सुर्खेतमै परीक्षण हुनेछन्।’ जुम्लाको प्रयोगशालाले हुम्ला र डोल्पाका हेर्न सक्ने भएपनि हेलिकोप्टरबाट नमूनाहरु सुर्खेतमै आउने भएका कारण सातवटा जिल्लाको नमूना परीक्षण सुर्खेतमै हुनेछ।

प्रकाशित: Apr 24, 2020| 15:52 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।