काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बम्मोजिम दुवै अध्यादेश खारेज भएकाे जानकारी दिएका हुन्।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश खारेज गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
चौतर्फी दबाबपछि पछि हट्यो सरकार, दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस
