बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिँचाइका निमित्त डिभिजन प्रमुख एक लाख घुससहित पक्राउ

सिँचाइका निमित्त डिभिजन प्रमुख एक लाख घुससहित पक्राउ

बैतडीको पाटनस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट एक लाख घुससहित पक्राउ परेका छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

बैतडी– बैतडीको पाटनस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

भट्टलाई चमेलिया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

भट्टलाई आज महेन्द्रनगरमा राखिने र भोलि काठमाडौं टंगालस्थित मुख्य कार्यालयमा लगिने अख्तियारले जनाएकाे छ।

प्रकाशित: Feb 19, 2020| 12:14 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।