सोमबार, फागुन १८, २०८२

कोरोनाको तेस्रो भेरियन्ट रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्। 

कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताएका हुन्। 

'नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारीका लागि जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ', मन्त्री बुढाक्षेत्रीले भने, 'नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौं।' 

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग सहकार्य गरेको बताउँदै उनले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको उनले बताए।

कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका मन्त्री बुढाक्षेत्रीले औषधि र जनशक्तिको अभावमा नागरिकले सेवाबाट वञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए। रासस

kumari

प्रकाशित: Jul 26, 2021| 18:15 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।