भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६८६ पुगेको छ। बीबीसीका अनुसार त्यहाँ २१ हजार ७०० जनामा कोरोना संक्रमण देखिएको छ।
४ हजार ३२५ कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। भारतमा सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्र, दिल्ली र गुजरातमा देखिएको छ।