बिहीबार, भदौ ४, २०८३

धनकुटामा एभोकाडो प्रशोधन उद्योग खोलिँदै

मेयर चिन्तन तामाङका अनुसार ५० रोपनी क्षेत्रफलमा एभोकाडोको उद्योग संचालनको तयारी छ ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

इटहरी– २०७५ असार ८ गते नगरसभाबाट सर्वसम्मत एभोकाडोको राजधानी घोषणा भएको धनकुटा नगरपालिकाले एभोकाडो प्रशोधन केन्द्र संचालन गर्ने भएको छ । मेयर चिन्तन तामाङका अनुसार ५० रोपनी क्षेत्रफलमा एभोकाडोको उद्योग संचालनको तयारी छ ।

पौष्टिक तत्वहरुले भरिएको एभोकाडो फलबाट कस्मेटिक्स, जुसदेखि वाइनका विभिन्न उत्पादनहरु बन्ने भएकोले उद्योग संचालनको तयारी नगरपालिकाले गरेको छ । ‘उद्योग संचालनको लागि कम्तिमा ५० रोपनी जग्गामा स्थापना गर्ने उद्योगको डिपिआर बन्ने क्रममा रहेको छ । पूर्वाधारका कामहरु अगाडि बढेपछि उद्योग संचालनमा आउँछ,’ मेयर तामाङले भने ।

धनकुटा नगरपालिकाको आर्थिक विकास शाखा अधिकृत विकास अधिकारीले धनकुटामा एभोकाडोको उत्पादन बढ्दै गएकोले उद्योग स्थापनाको पहल गरिएको बताए । वार्षिक २ लाख किलो बढी उत्पादन हुने फलबाट उद्योग संचालनको कच्चा पदार्थ पुग्ने भएकोले उद्योगको तयारी गरिएको अधिकारीले बताए ।

१११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनकुटामा हाल १२ हजार बोटले फल दिइरहेको, १४ हजार फल्ने अवस्थामा पुगेको र १ लाख बढी बिरुवाहरु लगाइएको अधिकारीले जानकारी दिए । ‘नगरपालिकाले आफ्नै नर्सरी स्थापना गरेर विरुवा वितरण गरिरहेको छ ।’

मेक्सिकोमा उद्गम भएको भनिने एभोकाडोको माग नेपालमा वार्षिक २० लाख र छिमेकी देशहरुमा झनै धेरै भएकोले उत्पादनमा नगरपालिकाले ध्यान दिएको मेयर तामाङ बताउँछन् । मेयर कृषि कार्यक्रमबाट एभोकाडो उत्पादनमा प्रोत्साहन गरिएको मेयर तामाङले बताए ।

धनकुटा नगरपालिका ४ का स्थानीय राजकुमार तामाङले एकै बोटबाट तीन लाखसम्म कमाएको भन्दै एभोकाडोलाई थप आम्दानीमूलक बनाउन उद्योग स्थापना गर्न लागेको बताए । ३० वर्ष अगाडि नै धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा विदेशीले भित्र्याएको एभोकाडो पछिल्ला केही वर्षमा धनकुटामा व्यावसायिक खेती हुन थालेको हो ।

कृषि विज्ञहरुको अनुसन्धानले धनकुटाको माटो र हावापानीमा फल दिने राम्रो उत्पादन एभोकाडो भएको निष्कर्ष दिएपछि एभोकाडोमा विशेष ध्यान दिइएको मेयर तामाङ बताउँछन् ।

एभोकाडोको राजधानी घोषणा गरेर कार्यक्रम अगाढि बढाएको नगरपालिकाले यस अगाडि २०७५ मंसिर ८ मा एसियामा पहिलोपटक एभोकाडो महोत्सव आयोजना गरेको थियो । यस्तै, नगरपालिकाको वडा नम्बर ६ स्थित परिचयमोडमा नगरपालिकाले एभोकाडोको प्रतिमा स्थापना गर्दै एभोकाडो पार्क समेत बनाएको छ ।

प्रकाशित: Feb 19, 2020| 09:21 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।