बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याज छुट र सहुलियतबारे राष्ट्र बैंककाे निर्णय मात्र मान्य ः बैंकर्स संघ

ब्याज छुट र सहुलियतबारे राष्ट्र बैंककाे निर्णय मात्र मान्य ः बैंकर्स संघ

नेपाल बैंकर्स संघले ब्याजदर छुट र सहुलियतका बारेमा नेपाल राष्ट्र बैंककाे निर्णय मात्र मान्य हुने ठहर गरेकाे छ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- नेपाल बैंकर्स संघले ब्याजदर छुट र सहुलियतका बारेमा नेपाल राष्ट्र बैंककाे निर्णय मात्र मान्य हुने ठहर गरेकाे छ।

संघको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको संगठनले गरेको ब्याज छुट र दर घटाउने निर्णयको सम्मान गरे पनि उनीहरुको निर्णय भने नमान्ने सहमति गरेको बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

संघले ब्याजदर घटाउने वा बढाउने भन्ने विषय व्यवस्थापनको एसेट लाइबिटिज म्यानेजमेन्ट कमिटीको जिम्मेवारीमा रहेकाे निष्कर्ष निकालेकाे छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएकाे छ, 'ब्याजका विषयमा राष्ट्र बैंकले बनाएको समितिमार्फत अध्ययन भइरहेका बेला परिसंघले बोल्नु उपयुक्त होइन।'

सम्पत्ति शुद्धीकरणका विषयमा परिसंघको धारणा आवश्यक नभएको संघको भनाइ छ। केही समयअघि नेपाल बैंकर्स संघले ऋणीहरुलाई जेठ १ गतेदेखि ब्याज घटाउने निर्णय गरेको थियो।

विज्ञप्तिमा उल्लेख छ, 'निजी क्षेत्रलाई कस्तो प्रकारको राहत दिने र बैंकहरुले कतिसम्म धान्न सक्छन् भन्ने विषयमा राष्ट्र बैंकले समिति बनाएर अध्ययन गरिरहेकाले यस विषयमा परिसंघ बोल्नुको कुनै तुक छैन।'

गत मंगलबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले ब्याज दरमा छुटका साथै ब्याजदर घटाउने निर्णय गरेको थियो। साथै लगानीको स्रोत नखोज्न सरकारसँग माग गरेको थियो।

 

प्रकाशित: Apr 23, 2020| 17:33 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्