आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संक्रमणको शंकामा अस्पतालमै राखिँदा दुई युवा अन्योलमा

संक्रमणको शंकामा अस्पतालमै राखिँदा दुई युवा अन्योलमा

‘हामी दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो तर अस्पतालबाट डिस्चार्ज गरिएको छैन। किन अस्पतालमा राखिएको हो अन्योलमा छौं।’
 |  बुधबार, वैशाख १०, २०७७

देव राना

देव राना

बुधबार, वैशाख १०, २०७७

सुर्खेत - कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आउँदा पनि अस्पतालमा बसिरहनुपर्दा रुकुपश्चिमका दुई युवा अन्योलमा परेका छन्।
‘हामी दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो तर अस्पतालबाट डिस्चार्ज गरिएको छैन’, एक युवकले भने ‘स्वास्थ्य अवस्था पनि राम्रो छ। किन अस्पतालमा राखिएको हो थाहा छैन। अझै हप्ता दिन बस्नुपर्छ भनेका छन्।’

National life

दुवै जना चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन्। रुकुमपश्चिम बाँफीकोट गाउँपालिका ६ र ७ का उनीहरु केही समयअघि भारतबाट आएका थिए।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले थप अनुसन्धानपछि मात्र उनीहरुलाई संक्रमण भए नभएको स्पष्ट हुने भन्दै अस्पतालमै राखेको छ।
निर्देशनालयका अनुसार वैशाख १ गते ९९ वटा स्वाब परीक्षणका लागि सुदूरपश्चिम प्रदेशको धनगढी प्रयोगशाला पठाएको थियो। तीमध्ये दुईवटा रिपोर्ट पोजेटिभ देखिए।

रिपोर्ट पोजेटिभ आए पनि निर्देशनालयले पुनः परीक्षण नहुँदासम्म कोरोना संक्रमित भन्न नमिल्ने भन्दै शंकाकाे घेरामा मात्र राख्याे। 

रिपोर्ट पोजेटिभ आएको खबरपछि गाउँभरि त्रास छायो। संक्रमण फैलिन नदिने भन्दै दुवै वडा सिल गरिए। जनप्रतिनिधिले रातारात एम्बुलेन्समा ती युवालाई चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरे।

Laxmi sunrise bank
kumari

५ गते टेकुस्थित केन्द्रीय प्रयोगशालामा स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आयो। सोही दिन सुर्खेत प्रयोगशालामा पनि स्वाब परीक्षण भयो।

सुर्खेतमा पनि पीसीआर रिपोर्ट नेगेटिभ आयो। तर धनगढी प्रयोगशालाले कोडिङमा फल्ट हो कि भनेर सचेत गरायो। धनगढी प्रयोगशालाको जबाफपछि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले कोडिङ रुजु गर्‍यो।

स्वाब संकलनदेखि धनगढी फरवार्ड गर्दासम्म कुनै त्रुटि भेटिएन। निर्देशनालय थप अनुसन्धानपछि मात्रै रहस्य पत्ता लाग्ने निष्कर्षमा पुग्यो।

‘स्वाब संकलनदेखि कोडिङसम्म रुजु गर्‍यौं तर फल्ट भेटिएको छैन’, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारी भन्छिन् ‘थप अनुसन्धान गरेपछि मात्रै वास्तविकता पत्ता लाग्छ।’

वास्तविकता पत्ता नलाग्दा आशंकित भनिएका युवा अस्पतालबाट डिस्जार्च हुन सकेका छैनन्। निर्देशनालयको नजरमा उनीहरु अझै कोरोना आशंकित छन्।

निर्देशनालयले भने थप अनुसन्धान गरेपछि मात्रै उनीहरुलाई डिस्चार्ज गर्न मिल्ने बताएको छ। ‘कोरोना नयाँ रोग हो, यसका धेरै लक्षण हुन सक्छ’, निर्देशक भण्डारी भन्छिन् ‘पुनः रोग फर्किएका घटना पनि छन्। पुनः परीक्षणको रिपोर्टका आधारमा उहाँहरुलाई के गर्ने भन्ने निर्णय हुन्छ।’

थप अनुसन्धान र सावधानी अपनाउन तत्काल डिस्चार्ज नगरिएको उनको भनाइ छ। यद्यपी कोडिङमा गल्ती थियो या धनगढीको प्रयोगशालाले फल्ट देखाएको हो ? भन्ने प्रश्नको उत्तर निर्देशनालयसँग छैन।

‘कोडिङमा गल्ती नभएको भन्न सकिँदैन, तर हामीले त्रुटि भेट्टाएका छैनौं’, उनी भन्छिन् ‘अनुसन्धान हुँदै छ, चाँडै पत्ता लाग्छ।’

प्रकाशित: Apr 22, 2020| 14:31 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।