शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फेसबुकले भारतको रिलायन्स जिओमा करिब सात खर्ब लगानी गर्दै

फेसबुकले भारतको रिलायन्स जिओमा करिब सात खर्ब लगानी गर्दै

फेसबुकले भारतमा निजी क्षेत्रको दूरसञ्चार कम्पनी रिलायन्स जिओको ९.९ प्रतिशत शेयर खरिद गर्ने भएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

दिल्ली- फेसबुकले भारतमा निजी क्षेत्रको दूरसञ्चार कम्पनी रिलायन्स जिओको ९.९ प्रतिशत शेयर खरिद गर्ने भएको छ।

झण्डै ६ खर्ब ९७ अर्ब रुपैयाँ (५.७ बिलियन डलर) मा फेसबुकले रिलायन्स जियोको ९.९ प्रतिशत शेयर खरिद गर्न लागेको रिलायन्स जिओका प्रमुख मुकेश अम्बानीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

अम्बानीले कोरोना संकटपछि भारतीय अर्थव्यवस्थालाई उकास्नका लागि फेसबुकको यो लगानीले ठूलो योगदान दिने बताएका छन्।

भारतको सञ्चार प्रविधिको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो विदेशी लगानी भएको दाबी गरिएको छ।

फेसबुकले आफ्नो म्यासेजिङ प्लेटफर्म ह्वाट्सएप र रिलायन्सको ई कमर्स भेन्चर जियो मार्ट बीचको तालमेलमा आफ्नो ध्यान केन्द्रित हुने जनाएको छ। यसबाट साना ब्यवसायीलाई एक आपसमा जोड्न सकिने फेसबुककोे विश्वास छ।

ह्वाट्सएपले केही सयमअघि मात्रै डिजिटल पेमेन्ट सेवका लागि स्वीकृति पाएको छ। गुगल पे र पेटिएम जस्ता कम्पनी पनि यस क्षेत्रमा पहिलेदेखि सक्रिय छन्।

ह्वाट्सएपका भारतमा करिब ४० करोड प्रयोगकर्ता छन् ।

उता सन् २०१६ मा सुरु भएको रिलायन्स जिओ ग्राहक संख्याका हिसाबले भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो ।

प्रकाशित: Apr 22, 2020| 14:47 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्