काठमाडौं– केही दिनयता काठमाडौंमा दिनहुँजसो वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको वेबसाइडका अनुसार गत शुक्रबार (अप्रिल १७) काठमाडौंमा २ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै, शनिबार ३.७ र सोमबार १.६ मिलिमिटर वर्षा भएको वेबसाइडमा उल्लेख छ। मंगलबार पनि काठमाडौंमा वर्षा भएको छ।
मौसमविद् गंगा नगरकोटी प्रिमनसुन सक्रिय भएकाले वर्षा भइरहेको बताउँछिन्। “पश्चिमी वायुको प्रभावले मौसम प्रणाली सक्रिय भएको हो,” उनले सुनाइन्, “यो सामान्य नै हो।”
बंगालको खाडीबाट जलवाष्फयुक्त हावा पूर्वी क्षेत्र हुँदै नेपाल भित्रिँदा मौसम प्रणाली सक्रिय भएको उनको भनाइ छ। “आगामी तीन दिनसम्म यो प्रणाली सक्रिय रहनेछ,” उनले भनिन्।
देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम