बुधबार, भदौ ३, २०८३

रिहा भए राजपा कार्यकर्ता

आफ्नै पार्टीबाट मन्त्री बनेका प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका बेला पक्राउ परेका राजपा कार्यकर्ताहरु रिहा भएका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

जनकपुरधाम- आफ्नै पार्टीबाट मन्त्री बनेका प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका बेला पक्राउ परेका राजपा कार्यकर्ताहरु रिहा भएका छन्।

जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टर अगाडिबाट शनिबार बिहान पक्राउ परेका उनीहरु झण्डै चार घण्टापछि रिहा भएका हुन्।

पक्राउ परेका राजपाका १० जना कार्यकर्ताहरुलाई अपरान्ह तीनबजे छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

जानकी हेल्थकेयरमा निःशुल्क खोप र गर्भवती चेकजाँच कार्यक्रमको उद्घाटन गर्न पुगेका मन्त्री साहलाई राजपाकै कार्यकार्ताहरु कोलोमोसा दल्न पुगेका थिए।

अस्पतालको प्रवेशद्वारमा नाराबाजी गर्दै मन्त्रीलाई कालोमोसो दल्न बसेका १० जना लाई पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगेको थियो।

नाराबाजी गरिरहेका सबैजना पक्राउ परेपछि प्रहरीले मन्त्री साहलाई सुरक्षित गन्तव्यस्थलतर्फ लगेका थिए।

शुक्रबार मन्त्री साहसँग भेट्न पुगेका राजपा अध्यक्षमण्डल धनुषाका सदस्य ज्ञोन्द्र झा ज्ञानुलाई योजनासम्बन्धी छलफलको क्रममा उनले ‘तँपाईंको औकात’ भन्ने शब्द प्रयोग गरेका थिए।

त्यसपछि झाले मन्त्रीलाई कालोमोसो दलेर आफ्नो औकात देखाउने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए।

मन्त्री साह शनिबार बिहानै कार्यक्रममा भाग लिन पुगेकोबेला झा समर्थित युवाहरु कार्यक्रमस्थलमा कालोमोसो गर्न पुगेका थिए।

प्रकाशित: Feb 15, 2020| 17:36 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।