आइतबार, चैत ८, २०८२

शिक्षकका लागि छुट्टै अस्पताल खोल्दै सरकार

सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै शिक्षकले लामो समयदेखि माग गर्दै आएको शिक्षक अस्पताल खोल्ने विषयमा सरकारले अध्ययन अघि बढाउने बताएका हुन्।

National life

अर्थमन्त्री शर्माले नमुना विद्यालय छनोट गरेर विद्यालयको स्तरोन्नति गर्ने, शिक्षक अस्पताल खोल्न अध्ययन गर्ने, प्राविधिक शिक्षालाई सबै स्थानीय तहको पहुचमा लाने जस्ता विषय अघि सारिएको बताए। निजामती, प्रहरी र सेनाको जस्तै अस्पताल स्थापना गर्न शिक्षकहरुले माग गर्दै आएका छन्।

यस्ता छन् शिक्षासम्बन्धी नयाँ कार्यक्रम

-गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवम् विद्यार्थी संख्यासमेतका आधारमा बालशिक्षा देखि माध्यमिक शिक्षासम्मको नक्शाङ्कन तयार गरी कार्यान्वयन गरिनेछ। भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यान्वयन गरिनेछ। प्राविधिक विधामा अध्ययन गर्ने कक्षा ज्ञद्द सम्मको विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिनेछ।

-शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ।

Laxmi sunrise bank
kumari

-विश्वविद्यालयहरूलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ। मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रवन्ध गरिनेछ।

प्रकाशित: Sep 10, 2021| 16:30 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्