बिहीबार, भदौ ४, २०८३

चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा साेमबार राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

धादिङ- दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा साेमबार राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ छन्। घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

गम्भीर घाइते अर्का एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेंसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो। घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले जानकारी दिए। 

घाइते चार महिला र दुई पुरुषको भुुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनास्थल पृथ्वीराजमार्गको महादेवबेंसीबाट चार घण्टाको दूरीमा दक्षिणतर्फ छ। -रासस

याे पनि पढ्नुस् :

देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम

प्रकाशित: Apr 21, 2020| 09:22 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।