सोमबार, माघ ५, २०८२

पपुवा न्युगिनीसँगको खेलमा टस जितेर ब्याटिङ रोज्यो नेपालले

ओमनमा नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो मैत्रीपूर्ण खेल सुरु भएको छ। ओमनको अल इमिरेत मैदानमा भर्खरै खेल सुरु भएको हो।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– ओमनमा नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो मैत्रीपूर्ण खेल सुरु भएको छ। ओमनको अल इमिरेत मैदानमा भर्खरै खेल सुरु भएको हो।

National life

नेपालले टस जितेर ब्याटिङ राजेको छ र ओपनिङमा ब्याटिङ गर्ने जिम्मेवारी कुशल भुर्तेल र आशिफ शेखले पाएका छन्।

पहिलो खेलमा स्थान नपाएका विकेट किपर विनोद भण्डारी, करण केसी र सुशन भारीले दोस्रो खेलमा स्थान बनाएका छन्। यता शरद भेषावकर भने टिमबाहिर छन्।

नेपालले आईसीसी विश्वकप लिग २ को तयारीका लागि पपुवा न्युगिनीसँग आज दोस्रो खेल खलेको हो। नेपालले ओपनको पहिलो पटक डे–नाइट क्रिकेट खेल्न लागेको हो।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो। आज दोस्रो खेलमा पनि जित निकाल्दै नेपाली टिम दुई खेलको सिरिजमा क्लिन स्विप गर्ने योजनामा छ। यता पपुवा न्युगिनी पनि आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्न चाहन्छ।

Laxmi sunrise bank
kumari

यी दुई मैत्रीपूर्ण खेलपछि अमेरिका र घरेलु टिम ओमनसँग २–२ खेल खेल्नेछ। लिग २ अन्तर्गतको त्यो खेल अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोटसमेत हो।

प्रकाशित: Sep 10, 2021| 16:28 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।