बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पैसा फ्याँकेर भागेका महिलामा काेराेना संक्रमण देखिएन

पैसा फ्याँकेर भागेका महिलामा काेराेना संक्रमण देखिएन

जनकपुरको महावीर चोकमा पैसा फ्याँकेर भागेका दुवै महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

जनकपुरधाम- जनकपुरको महावीर चोकमा पैसा फ्याँकेर भागेका दुवै महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।

आइतबार गरिएको स्वाब परीक्षणमा दुवैकाे निगेटिभ रिपोर्ट देखिएको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले जानकारी दिए।

यसअघि उनीहरुको शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा गरिएको र्‍यापिड टेस्टमा पोजिटभ देखिएको थियो।

शनिबार अपराह्न जनकपुरधामको महावीर चोकस्थित सडकमा वडा नम्बर ७ जानकी नगरमा घर भएकी आमुना खातुन र अलिना खातुन पैसा फ्याँकेर भागेका थिए। प्रहरीले सीसीटीभी फुटेजको सहयाेगमा उनीहरूलाई शनिबार अपराह्न घरैबाट पक्राउ गरेको थियो।

पक्राउ परेलगत्तै प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा दुवैजनाको र्‍यापिड टेस्ट गर्न लगाएको थियो। 

याे पनि पढ्नुस् : जनकपुरको सडकमा पैसा फ्याँकेर हिँड्ने दुवै महिलाको आरडीटी पोजेटिभ

प्रकाशित: Apr 19, 2020| 14:05 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।