शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा र्‍यापिड टेस्ट सुस्त, पीसीआर १७६ जनाको मात्रै

कर्णालीमा र्‍यापिड टेस्ट सुस्त, पीसीआर १७६ जनाको मात्रै

 |  आइतबार, वैशाख ७, २०७७
nespernesper

देव राना

देव राना

आइतबार, वैशाख ७, २०७७

कर्णाली प्रदेशमा कोरोनाको द्रूत परीक्षण (र्‍यापिड टेस्ट) नै सुस्त गतिमा भइरहेको छ । चैत २८ गतेदेखि सुरु भएकोमा हप्ता दिन वितिसक्दा पनि २ हजार ७ सय जनामा मात्रै र्‍यापिड टेस्ट भएको छ । कोरोनाको त्रासपछि विदेशबाट गाउँ फर्किएका नागरिकहरुमा कोरोना परीक्षणका लागि द्रुत प्रविधि सुरु गरिएको थियो ।

triton college

कोरोना परीक्षणको स्वाब परीक्षण गर्न कर्णाली प्रदेश प्रयोगशालाको पीसीआर मेसिनले भार थेग्न नसकेपछि द्रूत परीक्षण प्रविधि अपनाइएको थियो । तर परीक्षण पनि सुस्त गतिमा सुरु भएको छ । जसले गर्दा गाउँमा कोरोनाको जोखिम बढेको छ ।

यद्यपि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनलायले भने भौगोलिक विकटताकै कारण र्‍यापिड टेस्ट सुस्त द्रुत गतिमा हुन नसकेको जनाएको छ । ‘हामीले दु्रत परीक्षण नगरेको होइन, तर भौगोलिक विकटताले किटहरु समयमै पुग्न सकेन,’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले भनिन्,

‘मुगु, हुम्ला र डोल्पा जिल्लामा बस्ती जिल्लामा एउटा टोलबाट अर्काे टोल पुग्न घण्टौं लाग्छ, दिन भरमा मुश्किलले ५०–६० जनाको सम्भव भएको छ ।’ स्वास्थ्यकर्मीहरु भ्याएसम्म खटिरहेको भन्दै उनले र्‍यापिड टेस्ट सुस्त गतिमा भयो भन्न नमिल्ने तर्क गरिन् ।

‘डोल्पामा किट पठाउनै हप्ता दिन लाग्यो, सदरमुकामबाट गाउँमा किट पुर्‍याउन फेरि चार–पाँच दिन लाग्छ,’ उनले भनिन्, ‘हामीले भौगोलिक विकटताले साथ दिएन, भ्याएसम्म गरेकै छौँ ।’

Metro Mart
vianet

सुगम जिल्लामा भने यकिन तथ्याङ्क नहुँदा समस्या भएको उनको तर्क छ । ‘निर्देशनालयलाई एक जना पठाएको ठाउँमा गाउँ पुग्दा दुई–तीन सय मानिस बढी भेटिन्छन्,’ भण्डारीले भनिन्, ‘यकिन तथ्याङ्क नहुँदा पनि समस्या भयो, जसका कारण केही जिल्लामा र्‍यापिड टेस्ट रोक्नुपरेको छ ।’

प्रत्येक जिल्लामा दुईदेखि चार वटासम्म टोली बनाएर र्‍यापिड टेस्ट सुरु गरेको निर्देशनालयले जनाएको छ । किट सकिएपछि जिल्लामा सबै टोलिले र्‍यापिड टेस्ट गर्न पाएका छैनन् ।

किट अभाव भएपछि मुगु, सल्यान र जाजरकोटमा र्‍यापिड टेस्ट रोकिएको छ भने अन्य जिल्लामा टोलीले स–साना टोलहरुमा र्‍यापिड टेस्ट गरेका छन् । संघीय सरकारले कर्णाली प्रदेशमा पाँच हजार किट पठाएको थियो । जसमध्ये झण्डै दुई हजार किट बाँकी छ । तर जिल्लाले यकिन तथ्याङ्क नपठाउनु र जिल्लामा पुगेको किट पनि समानरुपले वितरण हुन नसक्दा द्रूत परीक्षण प्रभावकारी हुन सकेको छैन ।

हालसम्म कर्णालीका दश जिल्लामा २ हजार ७ सय ७७ जनामा र्‍यापिड टेस्ट गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतमा ९ सय ४८ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

दैलेखमा २ सय २३ जना, डोल्पामा ३ जना, हुम्लामा ८३ जना, कालिकोटमा २ सय ६ जना, जाजरकोटमा २ सय ६७ जना र्‍यापिड टेस्ट गरिएको हो । त्यस्तै जुम्लामा २ सय २५ जना, मुगुमा ३ सय चार जना र सल्यानमा ५ सय १८ जनामा र्‍यापिट टेस्ट गरिएको हो ।

मुगु, सल्यान र जाजरकोटमा रोकियो

किट अभावका भएपछि मुगु, सल्यान र जाजरकोटमा र्‍यापिड टेस्ट पूर्ण रुपमा रोकिएको छ । जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटीका अनुसार जिल्लामा आधाभन्दा बढीको र्‍यापिड टेस्ट गर्न बाँकी छ । तर मुगुमा अहिले ७ वटा किटमात्रै छन् ।

खत्याडमा एक जनालाई र्‍यापिड टेस्टले एन्टीबडी पोजेटिभ देखिएको स्थानीय त्रसित छन् । तर किटको अभावमा शंकास्पदको परीक्षण गर्न समस्या भएको छ । तर निर्देशनालयले भने कालीकोट र जुम्लाका लागि पठाइएका किटबाट सयवटा मुगुमा पठाएको जनाएको छ ।

जाजरकोटमा पनि सिंगो दुई वटा स्थानीय तहमा र्‍यापिड टेस्ट गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार कुसे गाउँपालिका र शिवालय गाउँपालिकामा ¥यापिट टेस्ट गर्न बाँकी रहेको छ । त्यस्तै र्‍यापिड टेस्ट सुरु गरिएका सबै पालिका पनि सबैको परीक्षण भएको छ ।

जाजरकोटमा भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जना गरी कुल दुई सय ६७ जनामा र्‍यापिड टेस्ट गरिएको छ ।

त्यस्तै सल्यानमा पनि किट अभाव भएपछि दुई दिनदेखि र्‍यापिड टेस्ट रोकिएको छ । सल्यानका चार स्थानीय तहमा र्‍यापिड टेस्ट भएको छैन । शारदा, बागचौर र वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा विदेशबाट आएका नागरिकको र्‍यापिड टेस्ट गर्न बाँकी छ ।

‘हामीलाई ६ सय किट आएको थियो, दुई दिनमै सकियो,’ जिल्ला अस्पताल सल्यानका डाक्टर अर्जुनकुमार बुढाले भने, ‘किन उपलब्ध नहुँदासम्म र्‍यापिड टेस्ट रोकेका छौं ।’ सल्यानका दश स्थानीय तहमध्ये चार पालिकामा र्‍यापिड टेस्ट गर्न बाँकी रहेको उनको भनाइ छ ।

‘दुई दिनमा ६ स्थानीय तहका पाँचसय १८ जनामा ¥यापिट टेस्ट गरेका छौँ,’ उनले भने, ‘किट सकियो भनेर प्रदेशसँग जानकारी गराएका छौँ, केही दिनपछि मात्रै र्‍यापिड टेस्ट सुरु गर्छाैँ ।’

थप तीन हजार किट झिकाइँदै

र्‍यापिड टेस्टका लागि कर्णाली प्रदेशले थप तीन हजार किट झिकाएको छ । किट अभावका कारण केही जिल्लामा पूर्णरुपले र्‍यापिड टेस्ट रोकिएपछि केन्द्रबाट किट झिकाइएको हो । ‘प्रदेशमा तीन हजार किट झिकाएका छौं,’ निर्देशक भण्डारीले भनिन्,‘काठमाडौंबाट किट आएपछि सल्यान, जाजरकोट र अभाव भभएका जिल्लामा पठाउँछौँ ।’

एक–दुई दिनमा किट आउने निर्देशनालयले जनाएको छ । विदेशबाट आएका नागरिकहरुको एकीन तथ्याङ्क नहुँदा अझै पनि किट झिकाउनुपर्ने अवस्था आउन सक्ने निर्देशनालयको भनाइ छ ।

‘विदेशबाट कति नागरिक गाउँ फर्किए भन्ने तथ्याङ्क छैन, तथ्याङ्क आएपछि किट झिकाउन सजिलो हुन्थ्यो,’ निर्देशक भण्डारीले भनिन्, ‘नमूना परीक्षण गर्ने प्रयोगशालाको क्षमता कम हुनु र एकिन तथ्याङ्क छैन, तीन हजार र्‍यापिड टेस्टले मात्रै नपुग्न सक्छ ।’

१ सय ७६ जनाको स्वाब परीक्षण

कोरोना भाइरस संक्रमितका लागि कर्णाली प्रदेशमा स्वाव परीक्षण गर्ने पीसीआर मेसिन आएको झण्डै तीन हप्ता पुग्न लागेको छ । तर पीसीआर मेसिनले स्वाव परीक्षण थालेको तीन हप्ता पुग्नै १ सय ७६ जनाको मात्रै नमूना परीक्षण गरिएको छ । यद्यपि कर्णाली प्रदेशमा हालसम्म नौं सय २२ जनाको स्वाव परीक्षण गरिएको छ ।

भारत र तेस्रो मुलुकबाट आएका र कोरोनाको सम्भावित लक्ष्यण देखिएका मध्ये नौ सय २२ जनाको स्वाव परीक्षण गरिएको हो । जसमध्ये सुर्खेतमा १ सय ७६, धनगढीमा ९९ र काठमाडौंमा ६ सय ४६ जना गरी कुल नौं सय २२ जनाको स्वाव परीक्षण गरिएको हो । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ नै आएको छ ।

प्रकाशित: Apr 19, 2020| 13:26 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।