बिहीबार, भदौ ४, २०८३

काेराेनाबाट अमेरिकामा १० नेपालीकाे मृत्यु

अमेरिकामा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या १० पुगेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

अमेरिकामा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या १० पुगेको छ।

तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्युयोर्कको एल्मर्स्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो।

यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो। शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिक रूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे।

कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्युयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ। अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्यान्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले जानकारी दिए।

भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन्। 

यसैबीच भण्डारीले नेपालीलगायत सबैको निधन दुःखद् भन्दै दिवंगत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएका छन्र । 

कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा छन्।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विश्वव्यापी रूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल भएकाे आँकडा रहेको बताउँछन्। यसअघि अमेरिकामा करिब ५०० नेपाली संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो। रासस

प्रकाशित: Apr 19, 2020| 12:23 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।