बिहीबार, भदौ ४, २०८३

ड्युटीमा खटिएका प्रहरी हबल्दारको मृत्यु

अस्थायी प्रहरीचौकी दोर्पुका इन्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु ...
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

सोलुखुम्बु- ड्युटीमै खटिएका प्रहरी हबल्दारको मृत्यु भएको छ। अस्थायी प्रहरीचौकी दोर्पुका इन्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको लिम्बूले बताए।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका पत्नी, दुई छोरा र एक छोरी छन्। -रासस

प्रकाशित: Apr 19, 2020| 12:07 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।