बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको माग- अनियमितता छानबिन गर, मजदुरलाई सुरक्षित घर पुर्‍याऊ

कांग्रेसको माग- अनियमितता छानबिन गर, मजदुरलाई सुरक्षित घर पुर्‍याऊ

नेपाली कांग्रेसले हिँडेर घर गइरहेका मजदुरप्रति गम्भीर बन्न र उनीहरुलाई सुरक्षित रुपमा घरसम्म पुर्‍याउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं - नेपाली कांग्रेसले हिँडेर घर गइरहेका मजदुरप्रति गम्भीर बन्न र उनीहरुलाई सुरक्षित रुपमा घरसम्म पुर्‍याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको केन्द्रीय पदाधिकारी बैठकले सहरमा खानबस्न समस्या भएपछि पैदल घर फर्किरहेका मजदुरलाई सुरक्षित रुपमा गाउँसम्म पुग्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो।

बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत रकम निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेकोमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। राहत वितरणमा भइरहेको अनियमिततामाथि छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ।

बैठकले कोरोना परीक्षणलाई प्रभावकारी रुपमा अघि बढाउन, स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यव्यवहारलाई गम्भीरताका साथ लिन, स्वस्थ्य सामाग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई तत्काल पदमुक्त गरेर अनुसन्धान थाल्न तथा विदेशमा रहेका नेपालीको सुरक्षामा विशेष ध्यान पुर्याउन पनि माग गरेको छ।

यस्ता छन् आजका बैठकका निर्णय

 

 

प्रकाशित: Apr 18, 2020| 16:49 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।