बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्लुङकी ६५ वर्षीया महिला पनि कोरोनामुक्त, आइतबार डिस्चार्ज हुने

बाग्लुङकी ६५ वर्षीया महिला पनि कोरोनामुक्त, आइतबार डिस्चार्ज हुने

उनलाई भोलि, आइतबार डिस्चार्ज गरिने छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौ– बाग्लुङकी ६५ वर्षीया महिला पनि कोरोना भाइरस (कोभिड–१९) मुक्त भएकी छन्।

कास्कीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। यसअघि बिहीबार गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले उनको लगातार दुई रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। उनलाई भोलि, आइतबार डिस्चार्ज गरिने छ।

डिस्चार्ज गरेपनि दुई हप्ता ‘होम क्वारेन्टाइन’मा बस्न अनुरोध गरिने छ।

बेल्जियमबाट ४ चैतमा आएकी उनको १९ चैतदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो।

आजै काठमाडौंको टेकु अस्पतालबाट एक जना युवती कोरोनामुक्त भएर घर फर्किएकी छन्।

कुल ३० संक्रमित मध्ये तीन जना निको भइसकेका छन्।

प्रकाशित: Apr 18, 2020| 16:48 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।