बिहीबार, भदौ ४, २०८३

जनकपुरमा पैसा फ्याँकेर भागेका दुई महिला पक्राउ

जनकपुरधाममा पैसा फ्याँकेर भागेका दुई महिला पक्राउ परेका छन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

जनकपुरधाम- जनकपुरधाममा पैसा फ्याँकेर भागेका दुई महिला पक्राउ परेका छन्। महावीरचोकस्थित सडकमा शुक्रबार पैसा फ्याँकेर फरार आमुना खातुन र अलिना खातुनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

उनीहरुलाई जनकपरधाम–७ स्थित मस्जिद पछाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। नातामा नन्द र भाउजू पर्ने दुवैजनालाई आरडीटी परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

‘परीक्षण भइसकेपछि थप कुरा आउँछ,’ कार्कीले भने। महावीरचोकस्थित एक घरको सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनीहरुको खोजी गरेको थियो। उनीहरुले किन पैसा फ्याँकेर भागे भन्ने खुलेको छैन।

याे पनि पढ्नुस् : 

जनकपुरमा पैसा फ्याँकेर भाग्ने महिलाको तस्बिर सार्वजनिक

सडकमा पैसा फ्याँक्दै महिला भागेपछि जनकपुरका स्थानीय त्रसित

प्रकाशित: Apr 18, 2020| 16:37 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।