बिहीबार, भदौ ४, २०८३

सप्तरीका १३ क्वारेन्टिन खाली

सप्तरीका १३ क्वारेन्टिन पूर्णतया खाली भएका छन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

सप्तरी– सप्तरीका १३ क्वारेन्टिन पूर्णतया खाली भएका छन्।

भारत र अन्य मुलुकबाट आउने मानिस रोकिएको र क्वारेन्टिनमा १४ दिनको निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टिन खाली भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ।

राजविराज नगरपालिका–२ स्थित साइकृष्ण कलेज एन्ड हस्पिटलमा बाँकी रहेका तीन, वडा नम्बर–४ स्थित इस्लाम मियाँको घरमा रहेका आठ र वडा नम्बर–९ मलेठस्थित मस्जिदबाट २३ जनालाई घर पठाइएपछि राजविराजका क्वारेन्टिन खाली भएका हुन्।

यसैगरी कञ्चनरूप नगरपालिका–१० स्थित बदगामा स्वास्थ्य चौकी, वडा नम्बर १२ स्थित शंकर मावि, बोदे बर्साइन नगरपालिका–५ स्थित जीवनदीप अस्पताल, हनुमाननगर कंकालिनी–११ स्थित सामुदायिक भवन खाली भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

उनका अनुसार महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित वृद्धाश्रम, रूपनी गाउँपालिका–५ स्थित जनता आधारभूत मावि बसबिट्टी, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टी र सप्तकोशी नगरपालिका वडा नम्बर २ र १० का सञ्चालित क्वारेन्टिन खाली छन्।

क्वारेन्टिनमा १४ दिनको अवधि पूरा गरेकाको आरडीटी परीक्षण गरी घर फर्काइएकाले क्वारेन्टिन खाली हुँदै गएको हो।

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिबाट कोरोना भाइरस फैलिने खतरालाई दृष्टिगत गर्दै राजविराजसहित सप्तरीको १८ वटै स्थानीय तहले ३२ वटा क्वारेन्टिन सञ्चालन गरेका छन्। जसमध्ये १३ वटा क्वारेन्टिन पूर्णतया खाली भएको र अन्य १९ ठाउँमा समेत बस्नेको संख्या कम हुँदै गएको छ।

हालसम्म १७ महिला र पाँच सय २१ पुरुष क्वारेन्टिनमा राखिएकोमा १५ महिला र तीन सय ४५ पुरुष निगरानी अवधि सकेर घर फर्किसकेका छन्।

क्वारेन्टिनमा बस्नेको निगरानी अवधि सकिएपछि सबैको आरडिटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको हो।

सप्तरीमा आरडीटी परीक्षण सुरु हुनुअगावै क्वारेन्टिनबाट घर फर्किसकेकाको घरमै गएर स्वास्थ्यकर्मीले आरडीटी परीक्षण गरिरहेका छन्।

शुक्रबार राजविराजबाहेक महादेवा गाउँपालिका–३, स्थित मावि बथनाहाबाट ११, बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियाबाट चार, हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदही माविबाट तीन, डाकनेश्वरी नगरपालिका–५ स्थित कचमावि पातोबाट दुई, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनता मावि घोंघीदाहाबाट एक पुरुष र तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको क्वारेन्टिनबाट एक महिला घर फर्किएका छन्।

दुई दिनमा ७६ जना क्वारेन्टिनबाट घर फर्किसकेका छन्। अब यहाँका क्वारेन्टिनमा दुई महिला र १७६ पुरुष बाँकी छन्।

रासस

प्रकाशित: Apr 18, 2020| 16:17 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।