मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इन्डियाले टिम दार्ता गर्न नसकेपछि इन्डिया–इंग्ल्यान्ड पाँचौं टेस्ट रद्द

इन्डियाले टिम दार्ता गर्न नसकेपछि इन्डिया–इंग्ल्यान्ड पाँचौं टेस्ट रद्द

इन्डियन टिमले जारी टेस्ट सिरिजको अन्तिम खेलका लागि आफ्नो टिम दर्ता गर्न नसकेपछि इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्ट खेल रद्द भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– इन्डियन टिमले जारी टेस्ट सिरिजको अन्तिम खेलका लागि आफ्नो टिम दर्ता गर्न नसकेपछि इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्ट खेल रद्द भएको छ।

अन्तिम तथा निर्णायक टेस्ट आज शुक्रबार सुरु हुने तय थियो। तर इन्डियन टिमको फिजियोथेरापिस्ट योगेश परमरलाई कोभिड–१९ को संक्रमण देखिएपछि खेलमा अन्योल बढेको थियो।

यता बुधबार गरिएको सम्पूर्ण खेलाडीहरुको टेस्ट भने नेगेटिभ आइसकेको छ। खेलाडीहरुको बिहीबार नै पुनः जाँच पनि गरिएको छ। त्यसमा पनि सबै खेलाडी नेगेटिभ पाइएको हो।

बीबीसीले इन्डियन टिमका खेलाडीबाहेकका सदस्यमा कोभिड देखिएका कारण खेल रद्द भएको समाचार प्रकाशित गरेको छ। यता, खेलबारे सूचना दिँदै वेल्स क्रिकेट बोर्डले खेलेको छ, ‘हामी हाम्रा समर्थक र पार्टनरसँग क्षमा माग्न चाहन्छौं। हामीलाई थाहा छ यसले सबैलाई असहज बनाएको छ।’

इन्डियाको चौथो खेलको दौरान इन्डियाको प्रशिक्षक रवि शास्त्रीलाई कोभिड देखिएको थियो। त्यसले सहायक प्रशिक्षकलाई आइसोलेट हुन बाध्य बनाएको थियो।

इन्डियाले हिजो बिहीबारको अभ्यास पनि रद्द गरेको थियो। कोभिडको केस फैलिन सक्ने भन्दै इन्डियाले आफ्नो टिम दर्ता नगरेको हो। इन्डियाले यो खेल छोडेपछि उसले हार बेहोरे बराबरको मान्यता पाउनेछ।

अब यो टेस्ट रद्द भएपछि सिरिजको नतिजा २–२ को बराबरी हुने भएको छ। पहिलो खेल प्रतिकूल मौसमको कारण ड्र भएको थियो। त्यसपछि दोस्रो र चौथो खेल इन्डियाले जितेको थियो भने तेस्रो खेल घरेलु टिमले जित निकालेको थियो।

प्रकाशित: Sep 10, 2021| 14:19 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।