बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना उपचारको मुख्य अस्पतालका डाक्टरलाई सरकारले सोध्यो स्पष्टीकरण

कोरोना उपचारको मुख्य अस्पतालका डाक्टरलाई सरकारले सोध्यो स्पष्टीकरण

सञ्चारमाध्यममा लेख छपाएको र प्रतिक्रिया दिएको भन्दै मन्त्रालयले डा. पुनसँग लिखित स्पष्टीकरण सोधेको हो।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौ– स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका लागि तोकिएको मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेको छ।

सञ्चारमाध्यममा विभिन्न लेख छपाएको र प्रतिक्रिया दिएको भन्दै मन्त्रालयले डा. पुनसँग लिखित स्पष्टीकरण सोधेको हो।

सरुवा रोग विशेषज्ञ तथा टेकु अस्पतालका रिसर्च युनिटका संयोजकसमेत रहेका डा. पुनले सञ्चारमाध्यममार्फत चेतनामूलक लेख सम्प्रेषण गर्दै आएका थिए।

मुलुकमा कोभिड–१९ को संक्रमण नदेखिंदै डा. पुनले सरकारले गर्नुपर्ने तयारी र आवश्यकता विषयमा लेख छपाएका थिए।

प्रकाशित: Apr 18, 2020| 14:56 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।