बिहीबार, भदौ ४, २०८३

कोरोना मुक्त भएर घर फर्किइन् काठमाडाैंकी युवती

कोरोना भाइरसबाट संक्रमित काठमाडाैंकी युवती उपचारपछि निको भएर घर फर्किएकी छन्।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित काठमाडाैंकी युवती उपचारपछि निको भएर घर फर्किएकी छन्। नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको भएर फर्किने उनी दोस्रो विरामी हुन्।

गत चैत ४ गते फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा चैत १० गते कोरोना पोजेटिभ देखिएको थियो। उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा राखेर उपचार गरिएको थियो।

अस्पताल भर्ना गरेको २७ दिनपछि उनको दोस्रो रिर्पोट नेगेटिभ आएको छ। केही दिनअघि पनि उनलाई गरिएको परीक्षणको रिपाेर्ट नेगेटिभ आएपछि शुक्रबार पुनः स्वाब परीक्षण गरिएको थियो।

शनिबार आएको रिपाेर्टमा पनि कोरोना नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो। संक्रमित युवती बागलुङकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले जनाएका छन्।

यसअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवक उपचारपछि निको भएर घर फर्किइसकेका छन्। नेपालका विभिन्न अस्पतालमा २८ जना संक्रमितकाे उपचार भइरहेकाे छ।

(यसअघि निकाे भएकी युवती काठमाडाैंकी हुनुपर्नेमा  अन्यथा भएकाेले स-खेद सच्चाइएकाे छ। सं. )

प्रकाशित: Apr 18, 2020| 13:51 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।