बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- उदयपुरमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ।

त्रियुगा नगरपालिकाको भुल्के नजिक मस्जिदमा रहेका १२ जना भारतीयको कोसी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको हो। उनीहरुको थप परीक्षणका लागि स्वाब संकलन गरी  राष्ट्रिय प्रयोगशाला, काठमाडौं पठाइएकोमा त्यहाँ पनि पोजिटिभ नै देखिएको छ।

उनीहरु सबैलाई प्रदेश १ को कोरोना विशेष अस्पताल लैजाने तयारी भइरहेको छ। प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विशेष अस्पतालमा चिकित्सक टोली तथा सबै उपकरण तयारी अवस्थामा छन्।

त्रियुगाका स्थानीयले मस्जिदमा विदेशी आएर बसेको भन्दै प्रहरीलाई सूचना गरेपछि उनीहरुको स्वाब परीक्षण गरिएको थियो। उनीहरू सबै पुरुष हुन्।

यस्तै चितवनमा पनि थप दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ। भाइरस संक्रमण हुने दुवै जना  एक महिना अगाडि विदेशबाट आएका र कन्ट्याक ट्रेसिङ गर्दा पत्ता लागेको भरतपुर कोरोना अस्थायी अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। यीमध्ये एकजना निको भइसकेका छन्।

 

 

प्रकाशित: Apr 17, 2020| 19:52 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।