काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले पाण्डेलाई शुक्रबार नियुक्त गरेको कार्यालयले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।
मन्त्रिपरिषद् बैठकले गत फागुनमा लिलामणि पौड्याललाई फिर्ता बोलाएर पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका पाण्डेलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले गत फागुन १८ गते पौड्याललाई १५ दिनभित्र स्वदेश फर्किन निर्देशसनसमेत दिएको थियो।
गत चैत १० गते बसेको संसदीय सुनुवाई समितिको बैठकले पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो पाण्डेविरुद्ध कुनै पनि उजुरी परेको थिएन।
कोरोनाको महामारी भएको समयमा चीनमा नेपाली राजदूत नहुँदा त्यसयता त्यहाँ जीटूजी प्रक्रियाबाट स्वास्थ्य सम्बन्धी सामानहरुको खरिदमा समेत समस्या भएको छ।