सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलाडी छनोटमा विमति राख्दै राशिदले गरे अफगानिस्तानको कप्तानी छोड्ने घोषणा

खेलाडी छनोटमा विमति राख्दै राशिदले गरे अफगानिस्तानको कप्तानी छोड्ने घोषणा

अफगानी टी–२० क्रिकेटका कप्तान एवम् स्पिनर राशिद खानले आउँदो टी–२० विश्वकप क्रिकेटको कप्तानी नगर्ने भएका छन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– अफगानी टी–२० क्रिकेटका कप्तान एवम् स्पिनर राशिद खानले आउँदो टी–२० विश्वकप क्रिकेटको कप्तानी नगर्ने भएका छन्।

National life

उनले ट्वीटरमा शुक्रबार एक सूचना पोस्ट गर्दै आउँदो प्रतियोगिताको लागि आफूले कप्तानी नगर्ने जानकारी दिएका हुन्। अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) र छनोट समितिले आफूलाई नसोधी टिम बनाएको भन्दै खानले कप्तानी छोडेको बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको उत्तरदायि नागरिक र क्रिकेट टिमको कप्तान भएको नाताले मलाई टिमको छनोटमा भाग लिने अधिकार रहन्छ। छनोट समिति र एबीसीले मिडियामा जुन टिम सार्वजनिक गरेका छन् त्यो छनोटका लागि मेरो सहमति लिएका छैनन्।’

उनले अगाडि लेखेका छन्, ‘त्यसैले अहिलेदेखि नै लागू हुनेगरि अफगानी टी–२० क्रिकेट को कप्तानीको भूमिका म त्याग गर्न चाहन्छु। अफगानिस्तानका लागि खेल्नु मेरो लागि सधैं गर्वको कुरा हुनेछ।’

अफगानी लेग स्पिनर खानलाई गएको जुलाईमा पनि कप्तानीमा पुनः प्रवेश दिइएको थियो। उनी असगर अफगानलाई रिप्लेस गर्दै २०१९ मा कप्तान बनेपछि अफगानिस्तानको सबै क्रिकेट फर्म्याट क्रिकेटको कप्तान बनेका थिए।

Laxmi sunrise bank
kumari

तर, २२ वर्षे खेलाडीले खेलाडी छनोटका कुन कुन विषय आफूलाई चित्त नबुझेर कप्तान नगर्ने भएको भन्नेबारे भने उल्लेख गरेका छैनन्।

अब टी २० विश्वकप आउँदो अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म यूएई र ओमनमा सुरु हुँदैछ। अफगानिस्तानले आफ्नो पहिलो खेल सारजाह रंगशालामा अक्टोबर २५ मा खेल्नेछ। उसले पहिलो खेलमा समूह बीका दुईमध्ये एक क्वालिफायरसँग पहिलो खेल खेल्नेछ।

उसले समूह चरणमा छिमेकी पाकिस्तानसहित इन्डिया र न्युजिल्यान्डको सामना गर्नेछ।

अफगानिस्ताले घोषणा गरेको टिमः

राशिद खान, रहमानुल्लाह गुरबाज, हजरतउल्लाह जाजाई, उस्मान घनी, असगर अफगान, मोहम्मद नबी, नजीबुल्लाह जादरान, हशमतुल्लाह शाहिदी, मोहम्मद शहजाद, मुजीब उर रहमान, करीम जनात, गुलबदीन नायब, नवीन उल हक, हमिद हसन, शराफुद्दीन अशरफ, दावत जद्रान, शापूर जादरान र कैस अहमद

प्रकाशित: Sep 10, 2021| 13:38 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।