आइतबार, चैत ८, २०८२

डीभी एजुकेसनमा तीज मिलन कार्यक्रम

हरितालिका तीजको अवसर पारेर डिभी एजुकेशनले तीज मिलन कार्यक्रम आयोजना गरेको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– हरितालिका तीजको अवसर पारेर डिभी एजुकेशनले तीज मिलन कार्यक्रम आयोजना गरेको छ। बुधबार डिभी एजुकेशन अन्तर्गतका सेफर्ड, ट्रिटन र शुभश्री कलेजका महिला कर्मचारी तथा व्यवस्थापनको सहभागितामा तीज मनाइएको हो।

National life

कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै डिभी ग्रुपका अध्यक्ष विश्वनाथ प्रसाद शाहले चाडपर्व लगायतका संस्कृति राष्ट्रकै पहिचान भएकोले शैक्षिक संस्थाले यसको प्रवर्धन गर्नुपर्ने बताए। शाहले भने, ‘हाम्रा चाडपर्व, संस्कृति, भेषभुषाको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो।’ 

शुभकामना मन्तव्यका क्रममा डिभी एजुकेशनकी चिफ अपरेरिङ अफिसर ऋतु न्यौपानेले डिभी एजुकेशन पनि समाजकै अंग भएकोले सामाजिक जिम्मेवारीबाट बाहिर रहन नसक्ने बताइन्। त्यसैको निरन्तरतास्वरुप तीज मनाउने कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।

सेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले तीजजस्ता चाडपर्वको संरक्षण र संवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग पुग्ने र कर्मचारीमा उत्साहको सञ्चार हुने धारणा राखिन्। 

औपचारिक कार्यक्रमपछि केक काटिएको थियो भने सहभागीहरुले खानपिनसँगै नाचगान गरेर रमाइलो गरेका थिए।

Laxmi sunrise bank
kumari



प्रकाशित: Sep 10, 2021| 13:28 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्