बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसममा देखियो पश्चिमी वायुको प्रभाव, हावाहुरीसहित वर्षाको सम्भावना

मौसममा देखियो पश्चिमी वायुको प्रभाव, हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बारीले बताइन्। उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म कायम रहनेछ ।

महाशाखाले आज बिहान विषेश बुलेटिन जारी गर्दै आगामी तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । आज काठमाडौँ उपत्यका, रसुवा, धादिङलगायत क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना बढी रहेको छ ।

हाल देशैभरि आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।
रासस

प्रकाशित: Apr 16, 2020| 09:36 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।