काठमाडौं– अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले ब्राजिलियन लेजेन्ड पेलेले बनाएको सर्वाधिक गोलकर्ताको रकेर्ड तोडेका छन्।
उनले बिहीबार राति बोलिभियाविरुद्धको खेलको १४ औं मिनेटमा गोल गर्दै पेलेको ७७ गोलको रेकर्डसँग बराबरी गरे।
त्यसपछि अर्जेन्टिनाको बेल्ग्रानोस्थित रिभर प्लेट रंगशालामा भएको खेलमा मेस्सीले बोलिभियाविरुद्ध ह्याट्रिक गरे। बोलिभियाविरुद्ध पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरे।
उनले खेलको ६४ औं मिनेटमा र ८८ औं मिनेटमा गोल गरेका थिए। मेस्सीले ६४ औं मिनेटमा गरेको गोल उनको ७८ औं गोल थियो। यो गोलसँगै उनी दक्षिण अमेरिकाका सर्वाधिक गोककर्ता बने।
त्यसअघि दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड पेलेको नाममा थियो। उनले जीवनकालमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
यता मेस्सीले ८८ औं मिनेटमा बोलिभियाविरुद्ध ह्याट्रिक पूरा गर्दै जीवनको ७९ औं गोल गरे। कुल १५३ खेलमा मेस्सीले यो संख्यामा गोल गरेका हुन्। पेलेले भने ९२ खेलमै ७७ गोल गरेका थिए। यससँगै मेस्सीले एकै खेलमा पेलेको रेककर्डसँग बराबरी गरे, नयाँ रेकर्ड बनाए र केही मिनेटअघि आफैंले बनाएको रेकर्ड सुधार पनि गरे।
मेस्सीले पेलेको रेकर्ड तोडेको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हराएको थियो।
यो जितसँगै १८ अंक बनाएको अर्जेन्टिना फिफा विश्वकप दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा छ। २४ अंक बनाएको ब्राजिल शीर्षस्थानमा छ।