मंगलबार, असार २३, २०८३

मेस्सीले तोडे पेलेको रेकर्ड

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले ब्राजिलियन लेजेन्ड पेलेले बनाएको सर्वाधिक गोलकर्ताको रकेर्ड तोडेका छन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले ब्राजिलियन लेजेन्ड पेलेले बनाएको सर्वाधिक गोलकर्ताको रकेर्ड तोडेका छन्।

उनले बिहीबार राति बोलिभियाविरुद्धको खेलको १४ औं मिनेटमा गोल गर्दै पेलेको ७७ गोलको रेकर्डसँग बराबरी गरे।

त्यसपछि अर्जेन्टिनाको बेल्ग्रानोस्थित रिभर प्लेट रंगशालामा भएको खेलमा मेस्सीले बोलिभियाविरुद्ध ह्याट्रिक गरे। बोलिभियाविरुद्ध पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरे।

उनले खेलको ६४ औं मिनेटमा र ८८ औं मिनेटमा गोल गरेका थिए। मेस्सीले ६४ औं मिनेटमा गरेको गोल उनको ७८ औं गोल  थियो। यो गोलसँगै उनी दक्षिण अमेरिकाका सर्वाधिक गोककर्ता बने।

त्यसअघि दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड पेलेको नाममा थियो। उनले जीवनकालमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

यता मेस्सीले ८८ औं मिनेटमा बोलिभियाविरुद्ध ह्याट्रिक पूरा गर्दै जीवनको ७९ औं गोल गरे। कुल १५३ खेलमा मेस्सीले यो संख्यामा गोल गरेका हुन्। पेलेले भने ९२ खेलमै ७७ गोल गरेका थिए। यससँगै मेस्सीले एकै खेलमा पेलेको रेककर्डसँग बराबरी गरे, नयाँ रेकर्ड बनाए र केही मिनेटअघि आफैंले बनाएको रेकर्ड सुधार पनि गरे।

मेस्सीले पेलेको रेकर्ड तोडेको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हराएको थियो।

यो जितसँगै १८ अंक बनाएको अर्जेन्टिना फिफा विश्वकप दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा छ। २४ अंक बनाएको ब्राजिल शीर्षस्थानमा छ।


प्रकाशित: Sep 10, 2021| 13:01 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।