सुर्खेत- रुकुम पश्चिमका दुई जना व्यक्तिमा कोरोना भाईरस (कोभिड–१९) आशंका गरिएको छ।
आरटी–पीसीआर परीक्षण परीक्षण गर्दा शंकास्पद लक्षण देखिएपछि पुनः परीक्षणका लागि स्वाब केन्द्रीय प्रयोगशालामा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक रीता भण्डारीले जानकारी दिइन।
‘कैलालीमा परीक्षणका लागि ९९ जनामध्ये २ जनाको शंकास्पद रिपोर्ट आएको छ’ भण्डारीले भनिन् ‘पुष्टि गर्नका लागि केन्द्रीय प्रयोगशालामा पठाएका छौँ।’
संकास्पद रिपोर्ट देखिएका दुवैजना केही समयअघि भारतवाट फर्केका थिए। उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालमा आइसोलेसनमा राख्ने तयारी भईरहेको निर्देशनालयले जनाएको छ।
सुर्खेतको प्रयोगशालाको कोरोना परीक्षण क्षमता न्यून भएपछि गत सोमबार ९९ स्वाब परीक्षणका लागि कैलालीको प्रयोगशालामा पठाइएको थियो।