बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६३ जिल्लामा र्‍यापिड टेस्ट सुरु, अहिलेसम्म १६ हजारको परीक्षण

६३ जिल्लामा र्‍यापिड टेस्ट सुरु, अहिलेसम्म १६ हजारको परीक्षण

सरकारले देशका ६३ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरिएको जनाएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं- सरकारले देशका ६३ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरिएको जनाएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङ १४ जिल्लाबाहेक सबै जिल्लामा र्‍यापिड टेस्ट सुरु गरिएको जानकारी दिएको हो।

हालसम्म झण्डै १६ हजार जनाको कोरोना भाइरसको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। अहिलेसम्म ८९२९ र पीसीआर विधिबाट ६८७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको जनाएको हो।

देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्र २८९४ वटा परीक्षण गरिएको छ।

उनका अनुसार प्रदेश नम्बर १ का ७, प्रदेश २ का ३, कर्णाली प्रदेशमा २ र गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा एक–एक जिल्लामा र्‍यापिड टेष्टबाट परीक्षण सुरु गर्न बाँकी छ।

बुधबारसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टिनमा रहेका र परीक्षण भएसंगै घट्दै गइरहेको प्रवक्ता देवकोटाको भनाइ छ।

मन्त्रालयकाे अनुसार परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्रै काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ।

प्रकाशित: Apr 15, 2020| 17:22 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।