बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमानस्थलका एक्सरे टेक्निसियन ढकालविरुद्ध २ करोड बिगो मागसहित मुद्दा

विमानस्थलका एक्सरे टेक्निसियन ढकालविरुद्ध २ करोड बिगो मागसहित मुद्दा

त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका एक्सरे टेक्निसियनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका एक्सरे टेक्निसियनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एक्सरे टेक्निसियन राजकुमार ढकालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको उजुरीमा अनुसन्धान गरी उनको परीक्षण अवधिमा कुल आय भन्दा ब्यय बढी देखिएको र उनले पेश गरेको सम्पत्ति विवरण आर्थिक हैसियत भन्दा अस्वभाविक देखिएको अख्तियारले जनाएको छ।

ढकालको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनका बिभिन्न खाताबाट अस्वभाविक रुपमा रकम चेकमार्फत सापटी दिएको देखिएको अख्तियार अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

एक्सरे टेक्निसियन ढकालको २ करोड २ हजार ८८६ रुपैयाँ पैसठ्ठी पैसा सम्पत्तिको स्रोत खुल्न नसकेको हुँदा उनले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चलअचल सम्पत्ति लुकाई राखेको पुष्टि भएको अख्तियारको भनाइ छ।

ढकाललाई २ करोड २ हजार ८८६ रुपैयाँ पैसठ्ठी पैसा कायम गरी मुद्दा दायर गरिएको हो।

गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको श्रीमती निरजरा घिमिरे, राममणी लामिछाने र आफ्नै नाममा राखिएको सम्पत्ति रोक्का राखी उक्त सम्पत्तिबाट असूल उपर र जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानूनबमोजिम राज कुमार ढकालबाटै असूल उपर गरी जफत गरी पाउन समेत माग गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए।

प्रकाशित: Apr 15, 2020| 17:03 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।