बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना कोषमा राप्रपाका प्रदेश सांसदले १५ दिनको तलब दिने

कोरोना कोषमा राप्रपाका प्रदेश सांसदले १५ दिनको तलब दिने

कोरोना भाइरस (कोभिड–१९) कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सांसदहरुले आफ्नो १५ दिनको तलब दिने भएका छन्।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सांसदहरुले आफ्नो १५ दिनको तलब दिने भएका छन्।

कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राप्रपाका प्रदेश सांसदहरुले आफ्नो उक्त तलब दिने निर्णय गरेका हुन्।

राप्रपाको तर्फबाट बागमती प्रदेशमा रीता माझी र रिना गुरुङ्ग, प्रदेश नं १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही रहेका छन्।

उनीहरुले आ–आफ्नो प्रदेश अन्तर्गत खुलेको कोरोना कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: Apr 15, 2020| 16:24 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।